जनताको करबाट तलब नखाने भन्दै लुम्बिनी प्रदेश सांसदद्वारा पदत्याग(राजीनामा पत्रसहित)

मंगलबार, ३० बैशाख २०८२, १२ : ०५

काठमाडौं- लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । सभामुखलाई सम्बोधन गर्दै उनले लेखेको राजीनामा पत्रमा उनले ‘जनताको करबाट मैले पारिश्रमिक लिनु उपयुक्त छैन’ लेखेकी छिन् ।

उनले राजीनामा पत्रमा जनताका आशाका किरणहरु लुप्त भइरहेको आफूलाई आभास भएको उल्लेख गरेकी छिन् । उनले आफूले जनताको पिरमर्का राम्ररी बुझेको उल्लेख गर्दै आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

मंगलबार, ३० बैशाख २०८२, १२ : ०५

प्रतिक्रिया