काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संवाद व्यवस्थापन समितिको संयोजक समेत रहेकी राणाले जेठ २ गतेदेखि सुरू हुने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकी हुन्।
‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ संवादको मुख्य उद्देश्य रहेको छ । सगरमाथा संवादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।
त्यस क्रममा मन्त्री राणाले संवाद ६ वटा विषयमा केन्द्रित हुने जानकारी दिइन् । ‘संवादको तयारी हाल अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरणहरू पार गरी आज यहाँसम्म आइपुगेका हौँ’, मन्त्री राणाले भनिन्, ‘तयारीका सम्बन्धमा हामीले विभिन्न समयमा पत्रकार सम्मेलनहरू आयोजना गरी यहाँहरूलाई जानकारी पनि गराइरहेकै छौँ ।’
संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनेछन्। संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा.राणाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय,परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने यस संवादमा देहायका मुख्य कार्यक्रमहरू रहनेछन्:
१. Opening session: आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने यो संवादको मुख्य औपचारिक कार्यक्रम हो। सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन हुने यस समारोहमा मैले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र COP29 का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ। यो कार्यक्रम १६ मे को विहान ९:३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुनेछ।
२. Plenary Session: अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूप (International conference format) मा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम ११:३० मा शुरू भई अपरान्ह १:३० बजे सम्पन्न हुनेछ।
३. Parallel Sessions: यस पहिलो संस्करणको थिममा केन्द्रित रही Limiting temperature rise below 1.5 degree Celsius; Sustaining Mountain Economy; From Highlights to Islands; Loss and Damage; Gender and Intergenerational Equity लगायतका विभिन्न १२ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद गर्ने कार्यक्रम छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरूको गहन ढंगको छलफल एवं विचार आदानप्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र संभावनामा जोड दिइने कार्यक्रम रहेको छ। डेढ घण्टासम्म चल्ने प्रत्येक सेसनमा एकजना मोडरेटर, एकजना keynote speaker र चारजना panelists रहनेछन्। उहाँहरूको विस्तृत विवरण हामीले वेवपेजमा राखेका छौं। interactive हुने यस प्रकारका सेसनहरूमा सबैको आवाजको मुखरित हुनेगरी खासगरी युवाको चासो व्यक्त गर्न सकेसम्म बढी युवाहरूलाई सहभागी गराउने कार्यकम छ। १६ मे को अपरान्ह २:३० बाट शुरू हुने यी सेसनहरू भोलिपल्ट अपरान्ह ४:३० बजे सम्पन्न हुनेछन्।
४. Multistakeholder Roundtable under Global and Regional Partnership: यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले भाग लिनुहुनेछ। यस कार्यकमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको छ।
५. Closing Session: समापन सत्र संवादको तेश्रो वा अन्तिम दिन विहान ११:४५ मा शुरू भई करिब एक घण्टासम्म चल्नेछ। यसमा सगरमाथा संवादको Outcome अनुमोदन गरे पश्चास संवादका सम्पूर्ण कार्यक्रमहरू अपरान्ह १ बजे सम्पन्न हुनेछन्।
प्रतिक्रिया