प्रतिनिधिसभा बैठक

प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो : नारायणी शर्मा

मंगलबार, ३० बैशाख २०८२, १२ : ११

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । जनताको जीवनमाथि खेलबाड नगर्न उनले प्राधिकरणलाई आग्रह गरिन् । सांसद शर्माले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग गरिन् ।

‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।

मंगलबार, ३० बैशाख २०८२, १२ : ११

प्रतिक्रिया