काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ घाटा व्यहोरेको थियो। यसपालि घाटा अझै बढेको छ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ, जसले घाटा बढ्न मुख्य भूमिका खेलेको हो।
यद्यपि, कम्पनीको वित्तीय खर्च भने घटेको छ। अघिल्लो वर्षको ४ अर्ब ६९ करोड रुपैयाँ खर्च घटेर हाल ४ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा कम्पनीको अन्य आम्दानी ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ।
२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा (रिटेन्ड अर्निङ) १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ। कम्पनीको प्रतिकित्ता आम्दानी (EPS) ऋणात्मक ९.७६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया