काठमाडौं– दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
जेठ २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।
चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाले घर र डेराको कथा भन्नेछ ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्र कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।
प्रतिक्रिया