काठमाडौं- कवि बिनोद खनालको शब्दमा तयार गजल ‘नदीमा तिमी छौ’ सार्वजनिक भएको छ।
गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीत रहेको छ। गहिरो प्रेमभाव बोकेको यस गजलको भिडियोमा बबिना आफैँ फिचर्ड भएकी छन् भने निर्देशन ए.जे. अजुले गरेका हुन्।
गजलकार खनालले यो आफ्नो पहिलो रेकर्डेड गजल भएको र झन्डै एक हजार गजल लेखिसकेको बताएका छन्। उनले पूर्वमुख्यसचिव डा. भोजराज घिमिरेको प्रेरणाले गजल लेखन सुरु गरेको जानकारी पनि दिएका छन्। बबिनाले गजलमा स्वर दिन पाउनु आफ्नो लागि अवसर भएको बताउँदै दर्शक–श्रोताबाट माया र सुझावको अपेक्षा गरेकी छन्।
भिडियोमा संगीत संयोजन लालकाजी श्रेष्ठ, रेकर्डिङ नकुल कार्की, मिक्सिङ मास्टरिङ प्रकाश खरेल, सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन्। गजलमा दीपक सापकोटाले हार्मोनियम, अनिश गन्धर्वले तबला र सुनिल राईले गितारमार्फत् बबिनाको गायनलाई सघाएका छन्।
गजल बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया