बिहेपछि झन् बोल्ड बन्दै गरिमा

४ बर्ष अगाडि

काठमाडौँ – एकताका निकै व्यस्त थिइन्, अभिनेत्री गरिमा पन्त । तर, उनी केही वर्षयता चलचित्रको पर्दाबाट टाढा छिन् । बिहेपछि उनी पतिसँग बेल्जियममा छिन् । पतिसँग खुसी रहेको उनले नै सामाजिक सञ्जालमा पोस्ट गरेका फोटो तथा स्टोरीबाट प्रस्ट हुन्छ ।

शिव रेग्मीद्वारा निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’बाट उनले दर्शकको मन जितेकी थिइन् । यस्तै, दर्जनौं चलचित्रमा उनले अभिनय गरेकी छन् ।

चलचित्र ‘झोला’ मा उनी कान्छी पत्नीका रुपमा देखिएकी थिइन् । यस भूमिकाले उनलाई अवार्डसमेत दिलाएको छ ।

त्यस्तै, उनी बिहेपछि निकै बोल्ड बन्दै गएको दर्शकले महसुस गरेका छन् । उनी समाजिक सञ्जाल इन्स्टाग्राममा बेलाबखत आफ्ना बोल्ड फोटाहरु सेयर गर्छिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया