आफनो  आयु बढाउन चाहानुहुन्छ ? पढ्ने गर्नुहोस!

४ बर्ष अगाडि

एजेन्सी– पढ्ने बानीले  मानिसको आयु बढ्ने कुरा नयाँ  अध्ययनले पत्ता लगाएको छ ।
सोसियल साइन्स एन्ड मेडिसिन जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले पुस्तक पढ्ने मानिसहरु नपढ्नेभन्दा बढी बाँच्ने पत्ता लगाएको छ ।
अमेरिकाको एल विश्वविद्यालयका शोधकर्ताहरुले ५० वर्ष कटेका ३ हजार ६ सय ३५ सहभागीहरुलाई उनीहरुको पठन बानीबारे अध्ययन गरेका थिए ।

अनुसन्धानकर्ताहरुले प्रत्येकलाई १२ वर्षसम्म पछ्याए ।अध्ययनको अवधिमा पठन गर्ने समूहका मानिसहरु बढी बाँचेको पाइएको थियो । अध्ययनले सामान्यता अस्वस्थ मानिएका व्यक्तिहरुमा समेत पठनबाट २० प्रतिशत मृत्युदर घटेको देखाएको थियो ।

यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ । उपयुक्त स्वस्थ व्यवहार र न्यून तनावले स्पष्ट रुपमा उमेर बढाउन सघाउँने अध्ययनले देखाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया