साताभर ४९.७९ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ०३ जेठ २०८२, ११ : ३८

काठमाडौं- यस साता नेप्से परिसूचक ४९.७९ अंकले घटेर २६११.८५ विन्दुमा आईपुगेको छ। गत साता २६६१.६४ विन्दुमा बन्द भएको नेप्से यो साता ४९.७९ अंकले घटेर २६११.८५ को विन्दुमा पुगेको हो ।

यस साता चार दिन सेयर कारोबार भयो। साताको दोस्रो दिन सार्वजनिक विदा परेकोले सेयर कारोबार भएन ।  यस साता कारोबार भएको चार दिन नै बजारमा गिरावट आयो। 

यस साता औसतमा दैनिक ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ  बराबरको कारोबार भएको थियो । आइतबार सबैभन्दा धेरै १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो । त्यसपछि सोमबार बन्द भएको बजार मंगलबारबाट भने क्रमश घटेको छ । मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड र बिहीबार ७ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको पहिलो कारोबार दिन नेप्से ११.५३ अंकले घटेर २६५०.११ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो  ।

साताको तेस्रो कारोबार दिन नेप्से १४.२४ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको थियो । 

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियो ।
 

शनिबार, ०३ जेठ २०८२, ११ : ३८

प्रतिक्रिया