सशक्त बालिका परियोजनाको वडा स्तरीय समीक्षा बैठक सम्पन्न

शनिबार, ०३ जेठ २०८२, १२ : २९

काठमाडौं— सशक्त वालिका परियोजनाको वडा स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। समीक्षा बैठक जेठ १ गते सबैला नगरपालिका–१३ किरतपुरमा समापन भएको हो । 

जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गर्दै आएको यो परियोजना प्रारम्भिक बाल विकास तथा संरक्षणमा केन्द्रित कार्यक्रम हो । परियोजना सबैला नगरपालिकाका वडा नं. ९, १०, ११, १३ र शहीद नगर नगरपालिकाको वडा नं. ७ मा सञ्चालन हुँदै आएको छ। 

balika

समीक्षा कार्यक्रममा परियोजनाका संयोजक निकिता सिंह यादवले विगत सेप्टेम्बर महिनादेखि हालसम्म सञ्चालन गरिएका गतिविधि तथा प्राप्त उपलब्धिहरूको प्रस्तुतीकरण गरेकी थिइन्। यस अवधिमा अभिभावक शिक्षा सम्बन्धी १४ समूहमा ८ वटा कक्षा सञ्चालन गरिएको छ भने दुई वटा किशोरी समूहमा २३ वटा ‘स्टिक एन्ड स्टोन’ सत्रहरू सम्पन्न भएका छन्। त्यस्तै, सकारात्मक अभिभावकत्व कक्षा र अन्तर पुस्ता संवाद कार्यक्रम पनि गरिएको प्रस्तुतीकरणमार्फत जानकारी दिइएको छ । 

3734b378-8f1d-4ed2-b979-5148e3b8a776

यस परियोजनाको प्रभावले एएनसी पीएनसी चेकअप बढेको साथै सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरूको संलग्नता बढेको पाइएको स्वास्थ्य चौकी प्रमुख राम सिंह यादवले बताए । त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका श्याममाया तामाङले यस परियोजनामा संलग्न भएपछि पहिला जस्तो समूहमा अगाडी आएर बोल्न कक्षा सञ्चालन गर्न कुनै संकोच नरहेको र अभिभावक शिक्षा तालिमले सबै स्वयम सेविकाहरु पहिले भन्दा धेरै राम्ररी काम गर्न कक्षा चलाउन सकेको बताएकी छिन् । 

बैठकमा सहभागीहरूले बालबालिका र किशोरी लक्षित लगानी र क्रियाकलापका कार्यक्रमले समुदायमा सकारात्मक असर पारिरहेको भन्दै यसको निरन्तरताको माग गरेका थिए।

f1eb4642-175f-4e87-a660-5c8e991b50e3

समीक्षा बैठकको कार्यक्रममा बोल्दै सबैला नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष देवनारायण महतोले “सुनौलो हजार दिन” अवधिभित्र बालबालिकाको सर्वांगीण विकास र बाल विवाह रोकथाममा परियोजनाले प्रभावकारी भूमिका खेलेको बताए।

समीक्षा बैठकमा अध्यक्ष देवनारायण महतोसहित वडा समितिका पदाधिकारी, बाल विकास समिति, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा परियोजनासँग सम्बद्ध कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शनिबार, ०३ जेठ २०८२, १२ : २९

प्रतिक्रिया