बबिना भट्टराईको नयाँ भजन ‘हे हरि’ सार्वजनिक (भिडियो)

मंगलबार, ०६ जेठ २०८२, १२ : १६

काठमाडौं— गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर, शब्द र संगीतमा तयार भजन ‘हे हरि’ सार्वजनिक भएको छ। 

भक्तिभावले भरिएको यो भजनमा भक्तले भगवान श्री हरिप्रति आत्मसमर्पण, पश्चात्ताप र आध्यात्मिक जागरणको भाव व्यक्त गरेका छन्।

भजनको भिडियोमा बबिना भट्टराई आफैं फिचर्ड छिन् । काठमाडौंको गोकर्ण क्षेत्रमा छायांकन गरिएको भिडियोको निर्देशन ए.जे. अजुले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ अनिल विष्ट प्युठानीले गरेका हुन्।

भजन बबिनाको आध्यात्मिक युट्युब च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक गरिएको हो। उनले दर्शक–श्रोताहरुलाई भजन हेरी च्यानल सब्स्क्राइब, लाइक र शेयर गरी सहयोग गर्न आग्रह गरेकी छिन्।

यसअघि पनि बबिनाले भगवान श्रीकृष्ण, राम र महादेवसम्बन्धी भजनहरू प्रस्तुत गरिसकेकी छिन्।

 

मंगलबार, ०६ जेठ २०८२, १२ : १६

प्रतिक्रिया