जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा उन्नत अर्थतन्त्रहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कको परिणामसँग जुझिरहेका बेला युक्रेनमा युद्धसहित चिन्ताहरू अग्रभागमा छन् ।
बिहीबारसम्म चल्ने वार्तामा नेताहरूले विश्व आर्थिक स्थितिबारे छलफल गर्ने तयारी गरेका छन् । सहभागीहरूले युक्रेनमा साझा स्थिति खोज्दैछन् भने बजार–विरोधी अभ्यासहरू जस्ता विषयहरू पनि कार्यसूचीमा छन् ।
युक्रेनी वित्तमन्त्री सर्गी मार्चेन्को पनि क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा समूह सातका वित्तमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूको बैठकमा उपस्थित हुनुहुनेछ ।
सन् २०२२ मा रुसले आक्रमण गरेपछि ट्रम्प यस वर्ष राष्ट्रपतिमा फर्केपछि युक्रेनमा युद्धतर्फ जी–७ प्रजातन्त्रहरू बीचको अनिश्चित दृष्टिकोणका बीचमा यो वार्ता आएको हो ।
एक पटक व्यापक रूपमा एकीकृत जी–७– बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका–ट्रम्पद्वारा तरङ्गित भएको छ । ट्रम्पले रुससँग हात बढाउनुभएको छ भने सहयोगी र प्रतिस्पर्धी दुवैलाई भन्सार शुल्क लगाउनुभएको छ ।
ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ ।
अल्बर्टाको बान्फमा भएको जी–७ बैठकमा अमेरिकी सहभागिताका बारेमा जानकारी दिइएका एक स्रोतले वासिङ्टन ‘केवल विज्ञप्ति जारी गर्नका लागि विज्ञप्ति गर्न इच्छुक छैन’ भनेका छन् । स्रोतका अनुसार सर्वसम्मति ट्रम्प प्रशासनका प्राथमिकताहरूसँग मेल खानुपर्नेछ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गर्नुभएको थियो र युक्रेनका मार्चेन्कोले मङ्गलबार मिडियाका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ ।
अमेरिकी वित्त मन्त्रालयलका प्रवक्ताले वित्तमन्त्री स्कट बेसेन्टले समूहलाई ‘मूल कुरामा फर्काउन र जी–७ र गैर जी–७ देशहरू दुवैमा असन्तुलन र बजार–विरोधी अभ्यासहरू सम्बोधन गर्नमा केन्द्रित’ गर्न खोज्ने बताएका छन् ।
अमेरिकी सहभागिताबारे जानकारी दिइएको स्रोतले भनेको छ, ‘जी–७ को दृष्टिकोणबाट यो अस्वीकार्य थियो कि देशहरूले चीनको अतिरिक्त औद्योगिक क्षमतालाई उनीहरूको घरेलु क्षेत्रहरूमा भित्रिन दिनेछन्, यो पनि कार्यसूचीमा हुनेछ’ ।
समूहले व्यापार, सुरक्षा र जलवायु परिवर्तन जस्ता मुद्दाहरूको नीति र समाधानहरू छलफल गर्दा विश्लेषकहरूले नेताहरूले आन्तरिक तनावको सामना गर्दा अनिश्चितताको चेतावनी दिन्छन्।
रासस
प्रतिक्रिया