कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ

मंगलबार, ०६ जेठ २०८२, १६ : ०१

काठमाडौं- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । मंगलबार प्रहरीले उनलाई विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेको हो । 

बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि जिल्ला अदालत रुपन्देहीले अध्यक्ष चौधरीलाई पक्राउ गर्न पूर्जी जारी गरेको थियो । 

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा वियजी भएका थिए।

मंगलबार, ०६ जेठ २०८२, १६ : ०१

प्रतिक्रिया