गभर्नर नियुक्तिको सम्भावनाले ४९.०९ अंक बढ्यो सेयर बजार, ७ अर्बमाथिको कारोबार

मंगलबार, ०६ जेठ २०८२, १५ : २२

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ अंकको विन्दुमा पुगेको छ । 

सरकारले आज राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना बढ्दा सेयर बजारमा पनि हरियाली छाएको हो ।

नेप्सेमा कारोबार भएका २२९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेसेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड माथि सेयर कारोबार भएको छ । 


यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख रुपैयाँ र त्यसपछि युनिभर्सल पावरको ३१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा ओम मेगा श्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

आज बराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ७.३९ प्रतिशतका दरले गुमाएका हुन् ।

मंगलबार, ०६ जेठ २०८२, १५ : २२

प्रतिक्रिया