काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३४.७९ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७१२.२५ अंकको विन्दुमा आएको छ ।
राष्ट्र बैंकले नयाँ गभर्नर पाउने सम्भावनासँगै हिजो दोहोरो अंकले बढेर बन्द भएको बजार आजको प्रि ओपन सेसनमा ३४.७९ अंकले बढेको हो ।
यो सेसनमा ४ करोड ६९ हजार रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा १ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो।
प्रतिक्रिया