काठमाडौं- विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ६ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार जेठ ७ गते बिहान १०ः०७ बजेसम्म २८ हजार ९९९ जनाले ६ लाख ६४ हजार ७१० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.८७ गुणा बढी आवेदन हो ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ मंगलबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५४ लाख ५५ हजार रुपैयाँको ३ लाख ५४ हजार ५५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया