काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन् ।
आज बुधबार बिहान अर्थ मन्त्रालयमै पुगेर नवनियुक्त गभर्नर पौडेलले अथैमन्त्री पौडेलसँग भेट गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने बताउँदै गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिता अभिवृद्धिका लागि राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षकीय क्षमता वृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया