काठमाडौं- प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापतिमाथि माओवादी केन्द्रकी सांसदले माइक र नेमप्लेट प्रहार गरेकी छिन् ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरण साहलाई माइक र नेमप्लेटले हानेकी हुन् ।
सांसद कुसारी समिति बैठकमा ढिला प्रवेश गरेको र अनुमति बेगर बोल्न थालेको विषय सभापति साहले उठाएएपछि उनीहरूबीच भनाभन भएको थियो । सोही क्रममा सांसद कुसारी रिसाएर सभापति साहलाई माइक र नेमप्लेटले हानेकी हुन् ।
प्रतिक्रिया