टिप्पणी

गभर्नर नियुक्तिले जोगिएको गठबन्धन

बुधबार, ०७ जेठ २०८२, १३ : ०१


काठमाडौं - संकटमा परेको एमाले कांग्रेसको गठबन्धन अन्ततः गभर्नर नियुक्तिमा भएको सहमतिले जोगिएको छ । यो गठबन्धन बन्नेबेला देश बनाउने ठूला ठूला घोषणा नभएको होइन तर समयक्रममा ती सबै घोषणाह? सत्ताप्राप्तिको लागि गरिएका ओठे सहमति मात्र थिए भन्ने पुष्टि भैसकेको छ । 
सरकारले प्रधानमन्त्रीको कुर्सी नै धरमराउने अवस्था आएपछि  नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गरेको छ। सत्ता गठबन्धनको नेपाली काँग्रेसले विश्वासको मत फिर्ता लिने चेतावनी समेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नेपाली कांग्रेसका नेता डा। विश्व पौडेललाई नियुक्त गर्न बाध्य भए । यद्यपी कुनै पनि राजनीतिक दलको सक्रिय कार्यकर्तालाई देशको केन्द्रीय बैकको जिम्मा लगाउने कुरा राष्ट्रबैंककै मान्यता र प्रावधान होइन । सत्ता बचाउने सवालमा संसदका दुवै ठूला दल सम्मिलित सरकार प्रचलित ‘इथिक्स’ विपरित निर्णय गर्न सहमत भयो । नवनियुक्त गभर्नर पौडेल विषय विज्ञताको हिसाबले उपयुक्त नै होलान् तर उनी एक प्रतिवद्ध र सक्रिय राजनीतिक कार्यकर्ता हुन । गत आम निर्वाचनमा चितवन–१ बाट उनी नेपाली कांग्रेसका उम्मेदवार थिए । तर उनी उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भए । 

मुलुकको आर्थिक तथा वित्तीय व्यवस्था सुधार गर्न देशको केन्द्रीय बैंकको अह्म भूमिका हुने गर्दछ । मुलुकको समग्र वित्तीय क्षेत्रको नेतृत्व गर्ने  नियामक निकाय हो राष्ट्रबैंक । त्यसैले राष्ट्रबैंकलाई कुनै पनि राजनीतिक दलको प्रभाव र दवावबाट मुक्त राख्नु पर्दछ । केन्द्रीय बैंकले लिने मौद्रिक नीतिले मुलुकको वित्तीय स्वास्थ्यलाई प्रभावित गर्ने क्षमता राख्दछ । त्यसैले अर्थमन्त्रालय र राष्टबैंकको लय मिल्नुपर्ने अर्थविद्ह? बताउँछन् । तर नेपालमा जे पनि हुने अभ्यासको सु?वात भैसकेको छ । यहाँ कुनै प्रणालीले काम गरिरहेको जस्तो लाग्दैन । सरकारलाई जे गर्दा सजिलो हुन्छ, जे गर्दा सरकारको आयुमा असर गर्दैन त्यो सबै गर्ने परम्परा नै भैसकेको छ । अघिल्लो पटक पनि अहिलेकै प्रधानमन्त्रीले एमालेका कार्यकर्ता महाप्रसाद अधिकारीलाई गभर्नर नियुक्त गरेका थिए । जसको कारण जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनको असहयोगले अर्थतन्त्र नै नराम्ररी प्रभावित भएको चर्चा हुने गथ्र्यो ।  
पौडेलको नियुक्तिमा सहयोगी भूमिका का।मु। गभर्नर बनेकी नीलम ढुङ्गानाको पनि रहेको छ । साथै पहिलो महिला गभर्नर बनेर इतिहास रच्ने उनको सपना पनि चकनाचुर भएको छ। ढुङ्गानाले यसअघि कार्यकारी निर्देशकबाट राजीनामा दिएर गभर्नर बन्ने लाइनमा रहेका गुणकर भट्टको राजीनामा रोकेर राखेकी थिइन। जसको कारण विश्व पौडेललाई गभर्नर बन्न बाटो खुलेको हो । 
कांग्रेसको दवावको अगाडि प्रधानमन्त्री ओलीको मेरिटोक्रेसीको रटान पनि कामयावी हुन सकेन । उनले गभर्नर नियुक्ति मेरिटोक्रेसीका आधारमा हुने बताउँदै आएका थिए। तर, सत्ता  गुमाउनुभन्दा देउवाको अडानमा सहमत हुन उनी राजी भए र कांग्रेसका पराजित उम्मेदवार पौडेललाई गभर्नर नियुक्त गर्न तयार भए । 

गभर्नर नियुक्ति प्रक्रिया टुङ्गिएसँगै काँग्रेस एमालेको गठबन्धन तत्कालका लागि जोगिएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका थिए। अवकाशमा जानुभन्दा एक महिना अघि नै गभर्नर नियुक्त गरिसक्नु पर्ने प्रावधान छ। तर,सत्ता?ढ दलह?को सत्तास्वार्थको कारण यो प्रक्रिया लम्बियो र ४४ दिनपछि गभर्नर नियुक्त गरियो । यस प्रकरणले वर्तमान गठबन्धन सरकार देश बनाउनको लागि होइन आफ्नै निहित स्वार्थको लागि बनेको थियो भन्ने प्रमाणित भएको छ ।   

बुधबार, ०७ जेठ २०८२, १३ : ०१

प्रतिक्रिया