नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय– ५ सय र १ हजारका नोट छाप्ने

बुधबार, ०७ जेठ २०८२, १२ : ३२

काठमाडौं– नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पाँच सय र एक हजारका नोट छाप्ने निर्णय गरेका छन् । बुधबार पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजारका नयाँ नोट छपाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा पौडेललाई आजै पद तथा गोपनियताको शपथ दिलाएका हुन् । शपथपछि पौडेल नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बुधबार, ०७ जेठ २०८२, १२ : ३२

प्रतिक्रिया