नेप्सेमा ७.९४ अंकको गिरावट, १० अर्ब ६९ करोडको कारोबार

बुधबार, ०७ जेठ २०८२, १५ : १७

काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा कायम भएको छ ।

राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति हुने चर्चाका बीच मंगलबार बढेर बन्द भएको बजार बजार खुल्दासम्म दोहोरो अंकले बढेपनि अन्तिममा घटेर बन्द भएको हो । 

नेप्सेमा कारोबार भएका ९३ कम्पनीको मात्रै सेयर मूल्य बढ्दा आज १५३ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ । 

नेप्सेमा सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँ र ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् ।

बुधबार, ०७ जेठ २०८२, १५ : १७

प्रतिक्रिया