साताभर ७६.७ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १० जेठ २०८२, १२ : ३६

काठमाडौं- यस साता नेप्से परिसूचक ७६.७ अंकले बढेर २६८८.५५ विन्दुमा आईपुगेको छ। गत साता २६११.८५ विन्दुमा बन्द भएको नेप्से यो साता ७६.७ अंकले घटेर २६८८.५५ को विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो । जसमध्ये तीन कारोबार दिन बजार बढेको थियो भने तीन कारोबार दिन बजारमा गिरावट आएको थियो । राष्ट्र बैंकले नयाँ गभर्नर पाएको यस साता गभर्नर नियुक्तिको हल्लाका बीच तेस्रो कारोबार दिन नेप्से उच्च विन्दुले उकालो लागेको थियो । गभर्नर विश्वनाथ पौडेलले शपद लिएको चौथो कारोबार दिन घटेको बजार पुनः अन्तिम कारोबार दिन बढेर बन्द भएको हो। 

यस साता औसतमा दैनिक ८ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ  बराबरको कारोबार भएको थियो । आइतबार ८ अर्ब ५० करोड, सोमबार ७ अर्ब ३५ करोड, मंगलबार ७ अर्ब ३१ करोड, बुधबार १० अर्ब ६९ करोड र बिहीबार ९ अर्ब ८२ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो  ।

साताको दोस्रो कारोबार दिन नेप्से २२.९९ अंकले बढेर २६३२.०५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको  ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेसेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

शनिबार, १० जेठ २०८२, १२ : ३६

प्रतिक्रिया