काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
धितोपत्र बोर्डले आज जेठ ९ गते हिम स्टार ऊर्जालाई आईपीओ अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
प्रतिक्रिया