सान्भि इनर्जीको आईपीओमा कति पर्‍यो आवेदन ?

शनिबार, १० जेठ २०८२, १३ : १०

काठमाडौं- सान्भि इनर्जी लिमिटेडको आइपीओमा ८९ करोड ६३ लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज शनिबार बिहान १०ः०६ बजेसम्ममा ७ लाख ७ हजार ६९० जनाले ८९ लाख ६३ हजार ७६० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन ३.७१ गुणा बढी हो ।  

सान्भि इनर्जीले शुक्रबार जेठ ९ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो । 

सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

सर्वसाधारणको यस आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ ।

केयर रेटिङ नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

शनिबार, १० जेठ २०८२, १३ : १०

प्रतिक्रिया