ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

आइतबार, ११ जेठ २०८२, ११ : ३४

काठमाडौं- ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । 

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँडपश्चात कम्पनी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

आइतबार, ११ जेठ २०८२, ११ : ३४

प्रतिक्रिया