काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ३२.७० विन्दुले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २७१२.६९ अंकमा आएको छ ।
यस सेसनमा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया