नेप्सेमा ५.२१ अंकको गिरावट, साढे ७ अर्ब माथिको कारोबार

सोमबार, १२ जेठ २०८२, १५ : २८

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा कारोबार भएका ९२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५५ कम्पनीको सेयर मूल्य भने घटेको छ । यसदिन ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ । 

यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँ र युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । 

यस दिन गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार, १२ जेठ २०८२, १५ : २८

प्रतिक्रिया