काठमाडौं- राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आगामी असार १ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
यो हकप्रदमा कम्पनीका सेयरधनीहरुले असार २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।
हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ ६ गते बुक क्लोज गरेकाले जेठ ५ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयर भर्न पाउनेछन्।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रतिक्रिया