राजीनामा नदिने अडानमा गृहमन्त्री लेखक, संसदमै जवाफ दिएर चोखिने दाउ

बुधबार, १४ जेठ २०८२, १२ : २१

काठमाडौं- भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोप लागेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नहुने अडानमा सत्ता गठबन्धन उभिएको छ ।

आज बिहान बालुवाटारमा गृहमन्त्री लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा गृहमन्त्रीले राजीनामा नदिने पक्षमा दुबै नेता एक भएका हुन् । 

बैठकमा सहभागी एमालेका प्रमुख  सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखकको राजीनामा नआउने जानकारी दिए । उनले संसदमै आफूमाथि उठेका प्रश्नको जवाफ गृहमन्त्रीले दिने बताए । 

मंगलबार गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षी दलले संसद अवरोध गरेका थिए । आज पनि राजीनामाको माग गर्दै संसद चल्न नदिने विपक्षी दलहरुले जनाएका छन् । बिहानैदेखि सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेले संसदका सबै दलका प्रमुख सचेतकसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

बुधबार, १४ जेठ २०८२, १२ : २१

प्रतिक्रिया