काठमाडौं- सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका योजनाले निजी क्षेत्र उत्साहित भएका छन् । बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आएको र लगानीको ग्यारेण्टीको वातावरण बनाएको व्यवसायीहरुले बताएका छन् ।
१९ खर्ब ६४ अर्बको कुल बजेटमा अर्थ मन्त्री विष्णु पौडेलले चालू खर्चका लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०।८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरेका छन् ।
आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थापमा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५।६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८।२ प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ। बाँकी पाँच खर्ब ९५ अर्ब ६६ अर्ब बराबर न्यून हुनेछ। त्यसका लागि आन्तरिक ऋणबाट रू तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट रू दुई खर्ब ३३ अर्ब ६६ करोड व्यहोरिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले दिएका अधिकांश सुझाव बजेटमा समेटिएको भन्दै खुसी व्यक्त गरे । बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिएको उनको प्रतिक्रिया थियो ।
महासंघकै उपाध्यक्ष हेमराज ढकालले पनि बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताए । भूमि बैंक, सेजमा ल्याएको नीति सकारात्मक भएको भन्दै बजेटबाट व्यवसायीहरू उत्साहित भएका बताए ।
नेपाल चेम्बर अफ कसर्मका अध्यक्ष कमलेसकुमार अग्रवालले पनि सरकारले ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको बताए । उनले बजेटमा निजी क्षेत्रका धेरैजसो माग सम्बोधन भएकाले व्यवसायीहरूको मनाबल बढाएको बताए ।
प्रतिक्रिया