नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

विहीबार, १५ जेठ २०८२, १० : ४३

काठमाडौं- नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरपछिको मुल्य र प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

यी कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस सेयरपछि ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ । बुधबार कम्पनीको अन्तिम कारोबार मूल्य ५५३ रुपैयाँ ५९ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।


त्यस्तै एशियन लाइफको ४२ प्रतिशत हकप्रद पछि ५२० रुपैयाँ ०३ पैसा मूल्य कायम भएको छ । बुधबार यो कम्पनीको अन्तिम कारोबार मूल्य ६९६ रुपैयाँ ४४ पैसाको आधारमा मूल्य समायोजन भएको हो ।

विहीबार, १५ जेठ २०८२, १० : ४३

प्रतिक्रिया