काठमाडौं- प्रभु क्यापिटलले जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ को इकाई बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँको दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री गर्न लागेको हो ।
कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरिने प्रभु क्यापिटलले जनाएको छ ।
इकाई बाँडफाँड भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस इकाईमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया