काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश वितरण र वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तोकेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २२ गते बुक क्लोज मिति तय गरेको हो। यसको अर्थ जेठ २२ गते अघिसम्म कायम सेयरधनीहरु मात्र यो कम्पनीको लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन्।
बैठकले कम्पनीको ३७ औं वार्षिक साधारणसभा असार ५ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा गर्ने निर्णय गरेको छ। साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार ३०८.२० रुपैयाँबराबरको नगद लाभांश र ५ प्रतिशतका दरले हुन आउने २६ करोड ६ लाख ६ हजार ६५४.१० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ।
हाल चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ रहेको कम्पनीको बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ कट्नेछ ।
प्रतिक्रिया