काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १२ हजार २४० कित्ता सेयर बिक्रीमा राखेको छ।
कम्पनीले संस्थापक समूहको यो सेयर हालका लागि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित जानकारी दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट लिखित जानकारी नआएमा कम्पनीले यस सेयर सर्वसाधारणका लागि बिक्रीमा राख्नेछ ।
प्रतिक्रिया