काठमाडौं- यस साता नेप्से परिसूचक ४.५१ अंकले बढेर २६९३.०६ विन्दुमा आईपुगेको छ। गत साता २६८८.५५ विन्दुमा बन्द भएको नेप्से यो साता ४.५१ अंकले बढेर २६९३.०६ को विन्दुमा पुगेको हो ।
यस साता चार कारोबार दिन बजार खुलेको थियो । साताको अन्तिम कारोबार हुने दिन बिहीबार भने गणतन्त्र दिवस परेकोले सार्वजनिक विदा परेकोले बजार बन्द भएको थियो । जसमध्ये दुई कारोबार दिन बजारमा गिरावट आएको थियो भने दुई कारोबार दिन बजार बढेको थियो।
यस साता औसतमा दैनिक ७ अर्ब ५७ करोड बराबरको कारोबार भएको थियो । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड, मंगलबार ६ अर्ब ५२ करोड तथा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ८.९७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया