काठमाडौं- ट्रेड टावर लिमिटेडको आईपीओमा १ अर्ब ९२ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आइतबार बिहान १०ः०६ बजेसम्ममा १६ लाख ७ हजार ९३५ जनाले १ करोड ९२ लाख ७४ हजार १९० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन ५.८४ गुणा बढी हो ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओनिष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । ट्रेड टावरको आईपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ ।
यस आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया