विकास हाइड्रोको पहिलो चरणको आईपीओमा पर्‍यो १४ करोड बढीको आवेदन

आइतबार, १८ जेठ २०८२, १२ : १७

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा हालसम्म १४ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आज आइतबार बिहान १०ः०६ बजेसम्म ६१ हजार ३९ जना आवेदकले कुल १४ लाख २२ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले छुट्टाएको कित्ताभन्दा ४.०१३ गुणा बढी माग हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर बिक्रीका लागि जेठ ६ गतेदेखि आवेदन खुला गरेको हो। यो संख्या सार्वजनिक निष्कासन हुने कुल सेयरको १० प्रतिशत हो।

आईपीओ आवेदन दिने अन्तिम म्याद जेठ २० गतेसम्म तोकिएको छ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा 'मेरो सेयर'  प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

आइतबार, १८ जेठ २०८२, १२ : १७

प्रतिक्रिया