प्रि ओपन सेसनमा २२.८८ अंकले बढ्यो नेप्से

सोमबार, १९ जेठ २०८२, ११ : ०७

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले बढेको छ । यससँगै सेसन अवधिमा आजको सूचक २७१५.९५ अंकको विन्दुमा आएको छ । 

बजेट भाषणपछि बजार खुलेको पहिलो दिन सेसन अवधिमा बजार सकारात्मक देखिएको हो । 

यस सेसनमा ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ९६ कम्पनीको ७९ हजार ५ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

सोमबार, १९ जेठ २०८२, ११ : ०७

प्रतिक्रिया