काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।
यस दिन ३१५ कम्पनीको १ करोड ५४ लाख कित्ता सयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
राधी हाइड्रोपावर सबैभन्दा बढी ६० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया