हकप्रद सेयर निष्कासनको तयारीमा सिटी होटल, सेबोनसँग माग्यो अनुमति

बुधबार, २१ जेठ २०८२, ११ : १७

काठमाडौं- सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिँदै स्वीकृतिको माग गरेको छ।

सेबोनबाट स्वीकृति प्राप्त भएपश्चात, सिटी होटलले हालको चुक्तापुँजीको अनुपातमा १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ।

यस योजनाअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सेयरधनीहरूका लागि ल्याउनेछ।

बुधबार, २१ जेठ २०८२, ११ : १७

प्रतिक्रिया