दरमखोला हाइड्रोले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

बुधबार, २१ जेठ २०८२, ११ : ३९

काठमाडौं- दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

दरम खोला बागलुङ जिल्लाको गल्कोट–११ अवस्थित रन–अफरिभर प्रकारको जलविद्युत् आयोजना हो । 

यस आयोजनाअन्तर्गत दरम खोलाको पानीको प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । आयोजनाको कुल जडित क्षमता ९.६ मेगावाट रहेको छ ।

बुधबार, २१ जेठ २०८२, ११ : ३९

प्रतिक्रिया