काठमाडौं– गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत र गीतकार कैलाश घिमिरेको शब्दमा नयाँ गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ।
गीतमा कैलाश घिमिरेका शब्दहरूलाई बबिनाको स्वरले अझ प्रभावशाली बनाएको छ। सरल संगीत संयोजन, कोमल धुन र आत्मीयता बोकेको संगीतले गीतलाई थप प्रेमिल बनाएको छ।
गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन् भने, रेकर्डिङ दिल समर्पण र राजाबाबु थारुले ‘अकेष्टिक नेपाल’ स्टुडियोमा गरेका हुन्। मिक्सिङ र मास्टरिङको जिम्मा प्रकाश मिश्रले सम्हालेका छन्।
गीतको भिडियो निर्देशन तथा छायांकन ए.जे. अजुले गरेका छन्। सम्पादन अनिल विष्ट प्युठानीको रहेको छ भने श्रृङ्गार रोजिना श्रेष्ठको छ। भिडियोमा गायिका बबिना भट्टराई स्वयं फिचर्ड भएकी छिन्।
यो गीत बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया