काठमाडौं- आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएका ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
दिनभरीमा राधी विद्युत कम्पनीको सबैभन्दा बढी ९१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
रिभर फल्स पावरका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै बुटवल पावर कम्पनी र पियोर इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाए ।
यस दिन सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया