काठमाडौं- नर्थ समिट हाइड्रो लिमिटेडले प्राथमिक सेयर निष्कासेनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८,४०,००० कित्ताको प्रति सेयर अंकित मुल्य १०० का दरले अठतीस करोड चालीस लाखमात्र बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया