हकप्रद निष्कासनका लागि पिपुल्स पावर बुक क्लोज मिति तय

शनिबार, २४ जेठ २०८२, १३ : १९

काठमाडौं- पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ असार १ गतेसम्म कायम सेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । 

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएकाले यस कम्पनीको १० कित्ता साधारण सेयर हुनेले ५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

शनिबार, २४ जेठ २०८२, १३ : १९

प्रतिक्रिया