छ्याङ्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुला

शनिबार, २४ जेठ २०८२, १३ : २२

काठमाडौं- छ्याङ्दी हाइड्रोपावर कम्पनीले आजदेखि हकप्रद सेयरमा आवेदन खुला गरेको छ । 

कम्पनीले आजदेखि आवेदन दिन मिल्ने शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको हो । कम्पनीको उक्त हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँका रहेको छ । 

कम्पनीले १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको थियो ।  

हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेकोले जेठ १ गतेसम्म कायम सेयरधनीहरूले मात्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

शनिबार, २४ जेठ २०८२, १३ : २२

प्रतिक्रिया