काठमाडौं- सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट जेठ २६ गते सोमबार हुने भएको छ।
कम्पनीको सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका छन्। यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी हो।
गोलाप्रथाबाट हुने बाँडफाँटमा २ लाख ४१ हजार ५३० जना मात्रले सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली रहनेछ।
क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।
यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया