नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

आइतबार, २५ जेठ २०८२, १६ : ५१

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

आइतबार नेप्सेले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४५२.६७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । 

आइतबारको अन्तिम कारोबार ५०६.९९ रुपैंयाका आधारमा कम्पनीको मूल्य समायोजन भएको हो । यसै मूल्यको आधारमा भोलि सोमबार सेयरदबजारमा कारोबार खुल्नेछ ।

आइतबार, २५ जेठ २०८२, १६ : ५१

प्रतिक्रिया