काठमाडौं- बालगायिका परिधी खतिवडाको आवाजमा बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत परिधीको स्वरमा रहेको गीत उनका पिता इ. प्रमोद खतिवडाले लेखेका हुन् ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।
‘घरकी फूलबारी’ परिधि खतिवडा युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।
प्रतिक्रिया