काठमाडौं- साताको दोस्रो दिन नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को विन्दुमा कायम भएको छ ।
दिनभरिमा ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड माथिको शेसेयर कारोबार भएको छ ।
यसदिन राधि विद्युत कम्पनीको सबैभन्दा बढी ६२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज मकर जितुमाया, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यावासीनी हाइड्रो गरी ४ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ८.६१ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया